एक लाख ४८ हजारभन्दा बढीले लिए सहुलियतपूर्ण कर्जा काठमाडौं, १६ चैत। नेपाल राष्ट्र बैंकले २०७९ माघ मसान्तसम्ममा १ लाख ४८ हजार २ सय ९५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको जनाएको छ। राष्ट्र बैंकका अनुसार २ खर्ब १० अर्ब ९६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ३३५ ऋणीलाई प्रवाह भएको १ खर्ब ४२ अर्ब ५६करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्