पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौंः राष्ट्रपति पौडेल काठमाडौं, १६ चैत। राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। बिहीवार पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पशुपति क्षेत्रमा पूजापछि विश्रामका लागि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको औंल्याएका हुन्। पशुपति क्षेत्रको प्रचारप्रसार÷व्यवस्थापन गर्नसके धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्