सत्तारुढ दल कांग्रेसले सरकारलाई भन्यो– मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर काठमाडौं, १६ चैत। सत्तारुढ दल नेपाली कांग्रेसले सरकारलाई मिटरब्याज पीडितसँग वार्ता गरी उनीहरुको माग तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारसँग उक्त आग्रह गरेको हो। ‘मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक छ,’कांग्रेसद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्