पछिल्लो आठ महिनामा नेपालीको घरमा विदेशबाट आएको पौने ९ अर्बको फलफूल भित्रियो काठमाडौं, १६ चैत। पछिल्लो आठ महिनामा विभिन्न देशबाट नेपालले ८ अर्ब ७९ करोड ९ लाख २१हजार रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुनसम्मको अवधिमा उक्त मुल्यमा १४करोड ५३लाख ७४हजार ५२७केजी विभिन्न फलफूल नेपाल भित्रिएको छ। सो अवधिमा ४अर्ब ४५करोडको स्याउ, ४७करोडको केरा, २५करोड २९लाखको आँप र अम्बा, ७२करोडको सुन्तला, ९३करोड ८९लाख रुपैयाँको अंगुर नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्