रविको वास्तविकता चितवनवासीले बुझिसके, मंसिरको उल्टो परिणाम आउँछः नेता श्रेष्ठ काठमाडौं, १६ चैत। नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्। बिहीवार नेपाली कांग्रेसले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे। मंसिरमा रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्