चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंग्यायो काठमाडौं, १६ चैत। नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट क्रमसः जितनारायण श्रेष्ठ र गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को टुङ्गो पछि लगाउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्