आठ महिनामा चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ४५ अर्ब नाघ्यो काठमाडौं, १७ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ४५ अर्ब २६ करोड ६३ लाख ८५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले चीनबाट १खर्ब ४५अर्ब ७८करोड ५७लाख ५१हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालबाट भने सो अवधिमा चीनमा मात्र ५१करोड ९३लाख ६६हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्