देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको छः राजेन्द्र लिङदेन काठमाडौं, १६ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन्। बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको जनाए। देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको उनले बताए। देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्