रसुवागढी–केरुङ नाका चैत १८ गतेबाट पर्यटकको लागि पनि दुईतर्फी खुला गरिने काठमाडौं, १६ चैत। रसुवागढी–केरुङ नाका चैत १८ गतेबाट दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि खुला गरिने भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा बुधबार सम्पन्न नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकले शनिबारबाट नाका व्यापार र पर्यटकको लागि दुईतर्फी खोल्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण लामो समयदेखि रसुवागढी–केरुङ नाका पर्यटकको आवतजावतमा रोक लगाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्