म्यानमारमा ४० वटा राजनीतिक दलको बैधता समाप्त, अमेरिकाले गर्यो निन्दा म्यानमारको सैनिक शासकको नियन्त्रणमा रहेको निर्वाचन आयोगले ४०वटा राजनीतिक दललाई अवैध घोषणा गरेको छ। नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेस अवैध पार्टीको सूचिमा परेको छ। यस कार्यको अमेरिकाले निन्दा गरेको छ।सैनिक शासकले बनाएको नयाँ निर्वाचन कानूनअनुसार पार्टी दता नगरेका कारण अवैध घोषणा गरिएको हो।सन् २०२१मा सैन्य कू भएपछि म्यानमारमा निर्वाचन गर्न लागिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्