कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु काठमाडौं, १६ चैत। नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बैठक आज बिहान कांग्रेस केन्द्रिय पार्टी कार्यालय सानेपामा सुरु भएको हो। आजको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। बैठकमा सभापति शेरबहदुर देउवा,उपसभापति पूर्णबहादुर खड्का,धनबहादुर गुरुङ,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्