मिटरब्याज पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैनः महामन्त्री शर्मा काठमाडौं, १६ चैत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याज पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन्। भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उनले मिटरब्याज पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे। महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्