आज रामनवमी पर्व मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा काठमाडौं, १६ चैत। आज रामनवमी पर्व मनाइँदैछ। चैत्र शुक्ल नवमीको दिन भगवान रामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा रामको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो। सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ। राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्