दश वर्षमा चट्याङ लागेर नेपालमा ९०१ जनाले गुमाए ज्यान काठमाडौं, १४ चैत। पछिल्लो १० वर्षमा चट्याङ लागेर देशभर ९०१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७० बैशाख १ गतेदेखि २०७९ चैत्र ७ गतेसम्मको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो। उक्त अवधिमा चट्याङका २ हजार २८० घटनाहरु रेकर्ड गरिएको छ। चट्याङ लागेर २ हजार ५४५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्