सरकारको साझा न्युनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछः प्रमुख सचेतक लेखक काठमाडौं, १५ चैत। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्। बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए। ‘भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्