सेतो मच्छिन्द्रनाथ रथयात्रा आजबाट सुरु हुने काठमाडौं, १५ चैत। आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ। अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ। आज साँझ ५ बजेदेखि ६ः३० बजेसम्म जमलदेखि असनसम्म रथयात्रा हुनेछ। यस्तै चैत्र १६ गते असनबाट हनुमानढोकासम्म, १७ गते हनुमानढोकादेखि लगनसम्म, चैत्र १८ गते लगनदेखि आमा रुख परिक्रमा, चैत्र १९ गत लगनदेखि मच्छिन्द्र बहालसम्म रथयात्रा हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्