सत्तारुढ गठबन्धनको बैठक सुरु, न्युनतम साझा कार्यक्रम बारे छलफल हुने काठमाडौं, १५ चैत। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलहरुको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार बैठकमा पेस गरेको न्युनतम साझा कार्यक्रमको मस्यौदा बारे छलफल हुनेछ। साथै मन्त्रिपरिषद् बिस्तारबारे पनि बैठकमा छलफल हुने बताइएको छ। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्