चालु आर्थिक वर्षमा सर्वोच्चमा दर्ता भए ६३ सयभन्दा बढी मुद्दा, करिव २९ हजार मुद्दा फस्र्यौट हुन बाँकी काठमाडौं, १४ चैत। सर्वोच्च अदालतमा चालु आर्थिक वर्ष २०७९/८० सुरु भएपछि ६ हजार ३ सयभन्दा बढी मुद्दा दर्ता भएका छन्। मंगलबार सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बिमल पौडेलले सर्वोच्चमा ३६ हजार ५ सय भन्दा बढी मुद्दाको लगत रहेको जानकारी दिए। जसमध्ये ७हजार ७ सयभन्दा बढी मुद्दाको फस्र्यौट भइसकेको र २८हजार ८सय ५२थान मुद्दा फस्र्यौट हुन बाँकी रहेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्