आवश्यक न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयोः सर्वोच्च अदालत काठमाडौं, १४ चैत। सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ। मंगलवार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादनमा कठिनाइ भएको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्चका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१जनाको भएपनि विगत ६ महिनादेखि १६जना मात्रै कार्यरत रहेको र सेवाग्राहीहरुलाई समयमै न्याय निरुपण गर्न नसकिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्