ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु, छोरी घाइते ललितपुर, १४ चैत। ललितपुरको महांकाल गाउँपालिका–१ बुखेल रातो पहिरोमा बा.३९ प ४८९९ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–७ घर भई महांकाल गाउँपालिका–१ बुखेल बस्ने बिष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती सिर्जना फुँयाल रहेका छन्। दुर्घटनामा उनीहरुको ५ वर्षीया छोरी सिर्जना फुँयाल घाइते भएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्