प्रियंका चोपडाले हिन्दी फिल्ममा काम गर्न किन छोडिन् ? मुम्बई, १४ चैत। फिल्म अभिनेत्री प्रियंका चोपडाले अमेरिकी पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’मा आफूले बलिउड फिल्म उद्योग छोड्नुको कारण बताएकी छन्। बलिउड फिल्म उद्योग भित्रको राजनीतिका कारण आफू हलिउडतर्फ मोडिएको उनले बताएकी छन्। साथै उनले हलिउडमा उनले गरिरहेको कामप्रति पनि असन्तुष्टी जनाएकी छन्। कार्यक्रममा उनले बलिउडदेखि हलिउडसम्मको यात्रा, भारत छोडेर अमेरिका बस्नुको कारण,निक जोनससँगको प्रेम सम्बन्धका बारे खुलस्त कुरा गरेकी छन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्