एमाले भित्र मलाई निषेध गर्ने प्रयास भईरहेको छः भीम रावल काठमाडौं, १४ चैत। नेकपा(एमाले)का नेता भीमबहादुर रावलले आफू पार्टी भित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढ्ने बताएका छन्। मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टी भित्रबाट आफूलाई निषेध गर्ने प्रयास भईरहेको समेत जनाए। पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालै अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाएकोप्रति उनले आपत्ति जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्