सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छः एमाले सचेतक बर्तौला काठमाडौं, १४ चैत। नेकपा(एमाले)का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्। सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने जनाए। ‘सभामुख रेफ्रिको भुमिकामा हुनुहुन्छ। रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ?,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्