गृह मन्त्रालयले भन्योः मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन काठमाडौं, १४ चैत। गृह मन्त्रालयले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने बताएको छ। मंगलवार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले समस्या सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने स्पष्ट पारे। उनले भने, ‘वर्तमान कानूनले यो समस्या समाधान हुँदैन।’ सदियौँदेखिको समस्या एकदिनमा चैट् नहुने जनाउँदै उनले कानून बनाउन समय लाग्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्