रास्वपाले दियो मिटरब्याज पीडितलाई साथ, मिटरब्याजको समस्यालाई राजनीतिकरण नगर्न आग्रह काठमाडौं, १४ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। मंगलवार बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उनले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको जनाए। उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको बताए। मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्