साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलः आज नेपाल र बंगलादेश भिड्दै काठमाडौं, १४ चैत। साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलवार आयोजक बंगलादेशसँग खेल्दैछ। ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ। नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्