काठमाडौं महानगरका प्रमुख बालेनले मिटरब्याज पीडितको आन्दोलनमा जनाए एक्यवद्धता, भने– खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद काठमाडौं, १४ चैत। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले मिटरब्याज पीडितहरुको आन्दोलनमा एक्यावद्धता जनाएका छन्। उनले आज आफ्नो फेसबुक पेजमा लेखेका छन्,‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन। तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन्।’ उनले खुलामञ्चको बिषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिने उपयुक्त ठाउँ बालुवाटार भएको सुझाव उनले दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्