१० दलीय गठबन्धनको बैठक बस्दै, टुङ्गाउलान् त मन्त्रालयको भागवण्डा ? काठमाडौं, १४ चैत। आज सत्तारुढ १० दलीय गठबन्धनको बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने र त्यसलाई निस्कर्षमा पुर्याउने बताइएको छ। नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा कुरा मिलिरहेका छैन। सत्ताधारी दलहरुले मंगलवारसम्म मन्त्रीपरिषद्को बिस्तार भइसक्ने बताउँदै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्