काबुलमा विदेश मन्त्रालय नजिक आत्मघाती आक्रमण, ६ जनाको मृत्यु काबुल, १३ चैत। अफगानीस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमण परी कम्तीमा ६ जनाको मृत्यु भएको छ। काबुलका प्रहरी अधिकारीका अनुसार आत्मघाती बिस्फोट बिदेश मन्त्रालय नजिक भएको थियो। घटनामा मृत्यु हुने सबै आमसर्वसाधरण रहेको जनाइएको छ। बिस्फोटमा परी १२ जना घाइते भएका छन्। घटना भएको स्थानमा अफगानी सरकारका महत्वपूर्ण कार्यालयहरु रहेका छन्। सो क्षेत्रमा विदेशी दूतावासहरु समेत रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्