पेरिस ओलम्पिकका लागि नेपालले भियतनामसँग छनोट खेल खेल्ने काठमाडौं, १३ चैत। पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ। अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो। छनोटमा नेपाल समूह ‘सी’मा रहेको थियो। नेपालले चैत २२ र २५ गते भियतनामसँग खेल खेल्ने तालिका रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्