लामो समयपछि चीन फर्किए अर्बपति ज्याक मा बेइजिङ, १३ चैत। चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक मा लामो समयपछि चीन फर्केका छन्। उनी पछिल्लो समय चीनको हांगझोउको एक स्कुलमा देखिएका हुन्। साथ चाइन मर्निङ पोष्टका अनुसार ज्याक मा हालैमात्र चीन फर्केका हुन्। उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका थिए। ५८ वर्षका ज्याक माले सन् २०२०मा चीनको आर्थिक नियमनको आलोचना गरेका थिए। त्यसपछि उनी सार्वजनिकरुपमा कमै देखिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्