सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाइसक्योः उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं, १३ चैत। सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन्।सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा सो कामलाई सुरु गरिएको जनाए।‘हाम्रो मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनमा इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्