युद्धग्रस्त राष्ट्र युक्रेनसँग नेपालको व्यापार घाटा साढे १२ अर्बभन्दा बढी काठमाडौं, १३ चैत। युद्धग्रस्त राष्ट्र युक्रेनसँग नेपालको व्यापार घाटा १२ अर्ब ५३ करोड २७ लाख २ रुपैयाँ पुगेको छ। २०७९ साउनदेखि फागुन मसान्तसम्मको आठ महिनाको अवधिमा नेपालले उक्त व्यापार घाटा व्यहोरेको हो। सो अवधिमा नेपालले युक्रेनबाट १२ अर्ब ५४ करोड २४ लाख ११ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालबाट युक्रेनमा मात्र ९७ लाख ९हजार रुपैयाँको वस्तु गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्