मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँः मन्त्री किराँती काठमाडौं, १३ चैत। संस्कृतिमन्त्री सुदन किराँतीले आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन्। सोमबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने गरेको सुनाए।‘म मन्त्री भएको ६५दिन हाराहारी हुँदैछ।लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ।हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने।त्यसको निम्ति म क्षमाप्रार्थी छु,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्