राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल काठमाडौं, १३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट,प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने समेत बताए। जनतासँग निकटतम सम्बन्ध राख्ने, उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले जोशीलाई चिनेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्