क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज काठमाडौं, १३ चैत। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको आरोपबारे काठमाडौं जिल्ला अदालतले आज पेसी तोकेको छ। काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्