भोजपुरी अभिनेत्री आकांक्षा दुबे वाराणसीको एक होटलमा मृत अवस्थामा फेला नयाँदिल्ली, १२ चैत। भोजपुरी फिल्म उद्योगकी अभिनेत्री आकांक्षा दुबे वाराणसीको एक होटलमा मृत अवस्थामा फेला परेकी छन्। उनी एक फिल्मको छायांकनको क्रममा वाराणसी गएकी थिइन्। सारनाथस्थित एक होटलमा गएकी उनको कोठामा शव फेला परेको हो। वाराणसीको वरणा जोनका डीसीपीले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्। आकांक्षा दुबेको मृत्यु के कारण भएको हो खुलेको छैन। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्