दश वर्षमा आगलागीः ७६९ जनाले गुमाए ज्यान, २२ अर्ब २३ करोडभन्दा बढीको आर्थिक क्षति काठमाडौं, १२ चैत। विगत १० वर्षमा आगलागीका घटनाहरु तेब्बर वृद्धि भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७० वैशाख १ गतेदेखि २०७९ चैत ७ गतेसम्म रेकर्ड भएका १८ हजार ७९१ घटनामा परी ७६९ जनाको मृत्यु भएको छ। आगलागीले उक्त अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्