एमाले सचेतक बर्ताैलाले नियमापत्ति गरेपछि कांग्रेस उपसभापति खड्काले माफी मागे काठमाडौं, १२ चैत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली उलंघन गरेको स्विकार गर्दै माफी मागेका छन्। प्रतिनिधिसभा नियमावलीको नियम २०को ६बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका सांसद खड्का हिंडेपछि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाएका थिए। त्यसपछि खड्काले त्यसलाई स्विकार गर्दै माफी मागेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्