नेप्से परिसूचक २६.८५ अंकले गिरावट, १ अर्ब २८ करोडको कारोबार काठमाडौं, १२ चैत। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्सेपरिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ। आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३लाख रुपैयाँमा खरिदबिक्री भएको छ। बिहीवारको तुलनामा आज नेप्से कारोबार रकम घटेको छ। बिहीवार १अर्ब ४१करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्