राष्ट्रपतिले छुट्टै सल्लाहकार समूह बनाउन आवश्यक छैन, उपराष्ट्रपति संस्था काम छैनः रघुजी पन्त काठमाडौं, १२ कात्तिक। नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपतिका लागि छुट्टै सल्लाहकार समूह आवश्यक नरहेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीपरिषद् आफैं सल्लाहकार भएकाले राष्ट्रपतिले छुट्टै सल्लाहकार समूह बनाउन आवश्यक नरहेको तर्क गरे। राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्र बनाउन नहुने उनले जनाए। उनले देशमा उपराष्ट्रपति संस्थाको काम नभएको र यस्तो राख्न नहुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्