होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्यो, भन्यो– ताइवान चीनको अभिन्न भूभाग हो मध्य अमेरिकी राष्ट्र होन्डुरसले ताइवानसँगको दशकौं लामो कूटनीतिक सम्बन्ध तोडेको छ। यो निर्णयले होन्डुरसलाई चीनको नजिक पुर्याएको छ। ‘होन्डुरस सरकार एक चीन नीतिलाई मान्यता दिन्छ। चीनको सरकारले पुरै चीनको प्रतिनिधित्व गर्छ। ताइवान चीनको अभिन्न भूभाग हो,’ होन्डुरसको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ। होन्डुरसको यो निर्णयसँगै अब ताइवानलाई एक छुट्टै देशको मान्यता दिने अब विश्वमा १३ देश बाँकी रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्