नेपाललाई साढे तीन वर्षअघि घोषणा गरियो– खुला दिसामुक्त राष्ट्र, तर तीन लाख परिवारसँग अझै छैन शौचालय काठमाडौं, १२ चैत। नेपालमा हाल रहेका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये अझै ४.५ प्रतिशतसँग अझै शौचालयको पहुँच नभएको पाइएको छ। अर्थात २ लाख ९९ हजार ७३७ परिवारसँग अझै शौचालयको पहुँच छैन, जबकी सरकारले २०७६ असोज १३गते नै नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार ९५.५प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्