प्रहरीको अमानवीय ज्यादति रोक्न सरकारसँग माग काठमाडौं, १२ र्चत। जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग समेत गरे। गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकामाथि दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय भएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्