नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दज्र्यानी चिन्ह प्रदान काठमाडौं, १२ चैत। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको हो। उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका हुन्। नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्