नेपालीले आठ महिनामा खाए साढे १० लाख केजीभन्दा बढी काजु तथा बदाम काठमाडौं, १२ चैत। नेपालमा पछिल्लो आठ महिनामा ७० करोड ४३ लाख ६९ हजार रुपैयाँको काजु तथा बदाम विभिन्न देशबाट भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्ममा उक्त मुल्यमा १० लाख ५३ हजार १५६ केजी काजु तथा बदाम नेपालले आयात गरेको हो। सो अवधिमा ४३ करोड ५४लाख ३९हजार रुपैयाँको बदाम र २६करोड ८९लाख ३०हजार रुपैयाँको बदाम नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्