रुसले बेलारुसमा परमाणु हतियार तैनाथ गर्ने मस्को, १२ चैत। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी राष्ट्र बेलारुसमा परमाणु हतियार तैनाथ गर्ने घोषणा गरेका छन्। अमेरिकाले युरोप कयौं स्थानमा परमाणु हतियार राखेको उल्लेख गर्दै पुटिनले बेलारुसमा परमाणु हतियार राख्दा परमाणु निशस्त्रीकरण सम्झौताको उल्लंघन नहुने दाबी गरेका छन्। बेलारुसमा राखिने हतियारको नियन्त्रण बेलारुसलाई दिइने छैन। १९९०को दशकको मध्यपछि रुसले पहिलो पटक विदेशी भूमिमा परमाणु हतियार तैनाथ गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्