भारतलाई विद्युत बेच्ने सरकार, करिव ४० हजार परिवार टुकीकै भर काठमाडौं, १२ चैत। सरकारले मागभन्दा बढी उत्पादन भएको भन्दै विद्युत भारतलाई बेच्दै आएको छ। तर नेपाल भित्र अझै पनि ३९ हजार ९६५परिवार टुकी (मट्टितेल)को भरमा रहेको पाइएको छ। उनीहरु विद्युतबाट टाढा रहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालमा रहेका ६६लाख ६०हजार ८४१परिवारमध्ये बत्ति बाल्न उर्जाको रुपमा ९२.२प्रतिशतले विद्युत, ६.६प्रतिशतले सोलार÷सौर्य ऊर्जा, ०.६प्रतिशतले मट्टितेल र ०.६प्रतिशतले अन्य इन्धन प्रयोग गर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्