पछिल्लो आठ महिनामा भारतसँग मात्र नेपालको व्यापार घाटा पौने ६ खर्ब काठमाडौं, १२ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)सम्मको अवधि भारतसँग मात्र नेपालको व्यापार घाटा ५ खर्ब ८२ अर्ब ५८ करोड १७ लाख४३ हाजर रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा भारतबाट नेपालले ६खर्ब ५६अर्ब ८०करोड ३लाख ९८हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालबाट भारतमा भने मात्र ७४अर्ब २१करोड ८६लाख ५५हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्