संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूचि काठमाडौं, १२ चैत। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् सम्बन्धी विधेयक,२०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पस्तुत गर्नेछन्। राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक,२०७९ पेस गर्ने कार्यसूचि रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्